
पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडासदस्य पृथ्वी गुरुङको निधन भएको छ । दुई साता अघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परेका गुरुङको उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

नेपाली कांग्रेसबाट वडा सदस्य पदमा गुरुङ निर्वाचित भएका थिए ।
