
धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको मृत्यु भएको हो।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको आइतवार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार उनी कडा खाले निमोनिया र स्वास प्रस्वासबाट ग्रसित थिए।
यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ।
