गृह जिल्ला कञ्चनपुरमै पूर्वमन्त्री विना मगरलाई स्थानीयले लखेटे (भिडियो सहित)
 
bina magar

कृषीमन्त्री पद्मा कुमारी अर्याल आफ्नै गृह जिल्लामा लखेटिएकै भोलिपल्ट आइतवार पूर्वमन्त्री तथा नेकपा नेतृ विना मगर आफ्नै गृह जिल्ला कंचनपुरबाट लखेटिएकी छिन् । केहि दिनदेखि आफ्नै निर्वाचन क्षेत्र समेत रहेको कंचनपुरमा रहेकी उनलाई आइतवार भने स्थानीयहरुले ढुंगामुढा गर्दै लखेटेका हुन् ।

नेकपा प्रचण्ड–माधव समुहले केपी ओली नेतृत्वको नेकपाले मगरमाथि आक्रमण गराएको जनाएको छ । 
केपी ओली धनगढीमा गएर संवोधन गरेपछि सो समुहको मनोबल उच्च भएको छ । सुदुरपश्चिममा नेकपामा डाक्टर भीम रावलको पकड मानिदै आएको थियो । तर रावलको पकडलाई लेखराज भट्टले चुनौती दिएपछिको अवस्थामा भट्ट अहिले ओली समुहमा खुलेका मात्र छैनन् त्यस क्षेत्रको कमाण्डर बनाइएका छन् ।

भट्ट समर्थकहरु अहिले आफ्नो संगठन र प्रभाव बढाउन लागिरहँदा कंचनपुरबाटै निर्वाचित सांसद तथा प्रचण्डकी बुहारी विना मगर उनीहरुको निशानामा परेकी छिन् ।  शनिवार स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुको पद्मा अर्याल लखेटाइमा परे जस्तै आइतवार नेकपाकै ओली समुहले विनालाई आक्रमण गरेर लखेटेका हुन् ।

सासू सीता दाहाललाई उपचारका लागि मुम्बई लगिए लगत्तै विना आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुर आएकी थिइन । तर जुन किसिमको आक्रमणको सामना विनाले गर्नुपरेको छ आगामी दिनमा अझ उनको लागि स्थित जटिल हुनसक्ने आँकलन गरिएको छ ।

यो घटनाले नेकपाको द्वन्द अझ गहिरिने संकेत पनि देखिएको छ ।