
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले बयलगाडा र्याली निकालेको छ । नेकपाको प्रचण्ड–माधव समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेका हुन् ।

धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । ‘म त लागे है अमेरिका’ भन्दै ¥याली निकालिएको हो । २०६२/०६३ सालको जनआन्दोलनतामा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए ।
