
धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का अगुवा कार्यकर्ताहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । धनगढीमा रगतको माग बढे पनि त्यो अनुसारको आपुर्ति नभएका कारण रक्तदान कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष विजय जोशीले बताए ।
