
कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज १४९ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ । छ महिला र आठ पु्रुष गरी १४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका छ, टीकापुर नगरपालिकाका चार, जानकारी गाउँपालिकाका एक र कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना कोरोना संक्रमण पुष्टि भएको हो ।
