
प्रधानमन्त्रीको आमसभामा निर्मलाको बलात्कारी खै ? लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छनग् । शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा निर्मलाको बलात्कारी खै ? लेखिएको टिसर्ट लगाएर युवाहरु कार्यक्रमस्थल पसेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ति मध्ये ६ जना युवकलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको हो ।
