लाइन्स क्लब (खप्तड) धनगढीका जोशिले बनाए विश्व रेकर्ड
 
Dirga

समुन्द्र सतहबाट करिब १६ हजार फिट उचाइमा रहेको सोलुखुम्बुको गोक्यो रि भन्ने ठाउँमा पुगेर दिर्घराज जोशीले सामाजिक सचेतना तथा पर्यटन प्रबद्धन गर्दै विश्व रेकर्ड बनाएका छन । गोक्यो रि भन्ने ठाउँमा पुगेर सामाजिक सचेतना तथा पर्यटन प्रबद्धन गर्दै जोशी ''गिनिज बुक अफ वल्र्ड रेकर्ड'' मा नाम लेखाउन सफल भएका हुन ।

यही पुस १७ गते एक कार्यक्रमका विच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र राष्ट्रिय गानका रचियता ब्याकुल माइलाले उक्त प्रमाण पत्र जोशीलाई प्रदान गरेका हुन ।

साथै जोशीले भुकम्पपछि को पुननिर्माण र पुर्नउत्थान कार्यमा नेपालका करिब १८ जिल्लामा ४ वर्ष देखि काम गर्दै आएका छन । उनी लाइन्स क्लब (खप्तड) धनगढीका सदस्य समेत हुन । क्लबका सदस्य जोशिले विश्व रेकर्ड बनाए पछि सस्थागत रुपमा आफुलाइ खुशी लागेको क्लबका अध्यक्ष हरि सिंह धामिले बताउनुभयो ।