
कुमारी बैंक लिमिटेडले धनगढी विमानस्थलका लागि डिभाईडर हस्तान्तरण गरेको छ । कुमारी बैंक लिमिटेड क्याम्पसचोक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी विमानस्थलको ट्राफिक व्यवस्थापनमा सहयोग गरेको हो ।

२० थान रोड डिभाईडर हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख दीपक खनालले धनगढी नगरपालिकाका मेयर नृपबहादुर वड मार्फत धनगढी विमानस्थल प्रमुख तेजबहादुर बुढथापालाई सहयोग हस्तान्तरण गरे ।

कुमारी बैंकले देशभरी १९२ शाखा, १५२ एटिएम, २२ शाखा रहित बैंकिङ एजेन्ट तथा १३ वटा विस्तारित काउन्टर मार्फत बैंकिङ सेवा दिईरहेको छ ।