प्रदेश अध्यक्ष नभएको बैठकले गरेका सबै निर्णय खारेजः नेकपा सुदूरपश्चिम अध्यक्ष थापा (भिडियो)
 
rajniti

ओली समहु निकटका नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले प्रदेश अध्यक्ष नभएको बैठकले गरेका सबै निर्णय खारेज भएको घोषणा गरेका छन् । धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सुरु गर्ने क्रममा उनले प्रदेश कमिटीको अध्यक्ष आफु भएको दावी गर्दै आफ्नो उपस्थिति विना गरिएका सवै निर्णय र गतिविधिहरु खारेज भएको घोषणा गरेका हुन् ।

‘प्रदेश कमिटिको बैठक बोलाईएको सुने । प्रदेशको अध्यक्ष म कर्ण थापा हो । अध्यक्ष बिनाको बैठक कुन वैधानिक विधिबाट भयो । कुन विधानमा टेकेर भयो ।’ अध्यक्ष थापाले भने–‘कोठे बैठकमा भएका छलफल बैठक सबै असंवैधानिक हुन् । छु्ट्टै भेला गराएर बैठक गर्ने नियम कतै छैन । प्रदेश कमिटीले गरेका सम्पुर्ण गतिविधि खारेज भएको घोषणा गर्दछु ।’ 

उनले अध्यक्ष विना गरिएका सम्पूर्ण निर्णय आफुहरुलाई मान्य नरहेको भन्दै सबै गतिविधिहरु खारेज भएको बताए । धनगढीमै केही दिन अगाडी नेकपा (प्रचण्ड–माधव) समूहको प्रदेश समिति बैठकको निर्णयले उनी लगायत तीन जनालाई कारवाही गर्ने निर्णय गरेको थियो । थापाले अध्यक्ष बिनाको बैठक कुनै पनि हिसाबले सही नभएको भन्दै अमान्य रहेको जनाए ।

अध्यक्ष थापाले प्रदेश समितिको खाताबाट निकालिएको रकम प्रति पनि आपत्ति जनाए । खातामा रहेको रकम ३० लाख रकम झिकेर अर्कै खातामा राखेको घटना प्रति उनले त्यो पार्टीको साझा सम्पति भएकोले कुनै व्यक्तीले चाहदैमा मनलाग्दो रुपमा प्रयोग गर्न नपाउने बताए ।