धनगढीमा भूमिहीन सुकम्वासीलाई जग्गा वितरणको लागि छलफल 
स्थानीय तह सहजीकरण समितिको बैठकः 
 
jagga

धनगढी उप–महानगरपालिका भित्रका भूमीहिन सुकम्वासीहरुलाई जग्गा हस्तान्तरणका लागि गठीत उप–महानगरपालिकाको स्थानीयतह सहजीकरण समितिले चाँडै प्रकृया अगाडी बढाउने बिषयमा छलफल गरेको छ ।  बैठकले भूमिहीन सुकम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको प्रकृया अगाडी बढाउने निर्णय भएको छ ।

धनगढी उप–महानगरपालिकाले कानुनमा ब्यबस्था भए अनुसार स्थानीयतहको सहजीकरण समितिले काम थालेको छ नगरप्रमुख नृपबहादुर वडले भने,  नगरमा रहेका भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण चाडै गरिनेछ ।

यसका लागि जनशक्तिको व्यवस्थापन, कार्यालयको व्यवस्थापनका लागि समेत छलफल भएको छ । सबै तयारी पुरा गरेर फिल्डमा काम थालिने नगर प्रमुख वडले बताए । ‘सुकम्वासी भूमीहिनहरुलाई जग्गा धनी पूर्जा दिने र अव्यवस्थित बसोवासलाई ब्यबस्थापन गर्ने कुरा चुनावी घोषणापत्रमा नै राखेका थियौ नगरप्रमुख वडले भने, ‘ नगरवासी संग गरेको प्रतिवद्धता चाँडै पुरा गर्दैछौं । 

ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको छैन नगरप्रमुख वडले भने, ‘भूमिहिन र सुकम्वासीहरुले जग्गाधनी पूर्जा पाएपछि उनिहरुले त्यसलाई आफ्नो काममा लगाउन सक्दछन् ।’ स्थानीयतहको समन्वय समितिले काम थालिसकेको छ धनगढी उप–महानगरपालिका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, चाँडो भन्दा चाँडो काम गर्नुपर्ने जिम्मेवारी छ । 

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गर्ने काम भूमि सम्वन्धी समस्या समाधान आयोग संगको  समझदारी अनुसार अगाडी बढाईने बताए ।