अदालतको फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौँ: नेता महर
 
neta mahar

नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधि सभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतको निर्णयलाई नेपाली काँग्रेसले पर्खेको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने र कानूनको राज्य भनेको नै प्रजातन्त्र भएकाले अदालतको आदेश वा निर्णयलाई पर्खेको बताए ।

“अदालतको आदेश, निर्देशन र फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौँ”, नेता महरले भने, “नयाँ प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफ्ना कदम अगाडि बढाउने छौँ ।”