
कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१० नमूना परीक्षण गर्दा १४ महिला र २५ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाका १७, भीमदत्त नगरपालिकाका १२, कैलारी, गोदावरी, कृष्णपुरका दुई÷दुई, पालिका नखुलाइएको कञ्चनपुरका दुई, पालिका नखुलाइएको कैलालीका एक र बर्दियाको गुलरियाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
