नवनियुक्त मन्त्री गौरीशंकर चौधरीलाई गाउँपालिकाका अध्यक्षले दिए चुनौती
 
garu shankar

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा उनकै समर्थकहरुले दिउँसो पुतला दहन गरेका हुन् । 

1

केही दिन अघि मन्त्री चौधरीले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफु प्रतिनिधि सभा विघटनको विरोधमा रहेको र प्रचण्ड–नेपाल समूहमै रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए । तर काठमाडौं गए लगत्तै मन्त्रीको सपथ लिएपछि कार्यकर्ताहरुले पुतला दहन गरेका हुन् । मन्त्री चौधरीको नेकपा ओली समूहमा प्रवेशले आक्रोसित भएका उनकै निर्वाचन क्षेत्रका कैलारी गाउँपालिका अध्यक्ष लाजुुराम चौधरीले पटक पटक सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनको विरोध गरेका छन् । उनले फेशबुकमा मन्त्री चौधरीलाई चुतिया भनेका छन् । 

2

उनकै अर्को स्टाटसमा निर्वाचन क्षेत्र नम्बर ३ मा फेरि आएर आफुसँग चुनाव लड्न पनि चुनौती दिएका छन् । चौधरीले पदको मोहमा नेता र कार्यकर्तामाथि विश्वासघात गरेको आरोप लगाउँदै दिउँसो प्रचण्ड समुहमा रहेर ओलीको विरोध गरेको र राती १० करोड ऋण तिर्न ओली समुहमा गएको समेत उनले आरोप लगाएका छन् । उनका पार्टी सहकर्मी तथा सोही गाउँपालिका अध्यक्ष चौधरीले आफ्नो फेसबुकमा लेख्दै कडा चुनौती दिएका हुन् ।

1

गौरीशंकर चौधरी मन्त्रीमा सपथ लिएपछि गाउँपालिका अध्यक्ष लाजुरामले लेखेका स्टाटसमध्ये एक स्टाटसमा लेखेका छन, “कमरेडहरु कुनै संकोच नमान्नुस मिति २०७७ पौष ५ गते पार्टी अलग भएको बेला गौरीशंकरलाई  दलाल र चातुकार भनेको थिए । तपाइको रु दश करोड ऋण छ । तपाईं ऋण तिर्नलाई ओलीको चातुकार बन्नु हुनेछ। उहाँले त्यही दिन ओलीको गाली र बेइज्जत गर्नु भो। बडो हसिलो र मुस्काान अनि क्रान्तिका कुरा गर्नु भो, अचम्म! अनि मैले के सोचे हुला चिन्ता अनि भोकाएको अनुहारलाई के खुवाउने ? ‘राती खाएन बिहान खाएन’ गौरी जी ले भनेपछि खाना खुवाए। हासी माजाक उहीँ भो ‘दलाल र चातुकार न बन्नुस’ काठमाडौ पठायौ। टिकट को कुरा न गरौ न उहीँ दिन को ‘पेट्रोल’ को आज उही भो  .... अब आइज तेरो भाषण र मेरो भाषण ? दलाल हामी कैलारीका कमरेड एक छौ ।” 

1

पूर्व कृषि मन्त्ती समेत रहेको गौरीशंकर कैलालीको निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित सांसद हुन । माओवादी आन्दोलनबाट राजनीतिमा आएका गौरीशंकर कैलारी गाउँपालिकाका स्थानीय हुन् ।