
कैलालीको घोडाघोडी नगरपालिका-८ दिपनगर बस्ने १७ वर्षीया अनिता चौधरीको भुतिया तालमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।

महोन्याल गाउँपालिका-१ स्थित बगैगडा भन्ने स्थानमा पिकनिक खान गएकोमा सोही ठाउँस्थित भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
