
अभिनेत्री श्वेता खड्काको मंसिर २२ गते विवाह भईसकेको छ । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनको विवाह भएको थियो । विवाह समारोहमा दुवै परिवारले सिमित साथीभाइ र आफन्तको उपस्थित थिए । विवाहको १७ दिनपछि श्वेता र विजयेन्द्रले आफन्त र छिमेकीहरुको लागि रिसेप्सन पार्टी दिएका छन् । धनगढीको फन पार्कमा उनीहरुले रिसेप्सन पार्टी दिएका हुन् । उनीहरुको यो दोस्रो रिसेप्सन पार्टी हो । श्वेता र विजयन्द्रको पहिलो रिसेप्सन पार्टी राजधानीको नरलिङ रिसोर्टमा भएको थियो ।

