सुदूरपश्चिमका तीन स्थानीय तहमा नबिल बैंकको बिना धितो कर्जा कार्यक्रम लागु
दुई गाउँपालिकासँग सम्झौता, एकमा हुन बाँकी 
 
nabil bank

सुदूरपश्चिमका तीन स्थानीय तहमा नबिल बैंकको बिना धितो कर्जा कार्यक्रम लागु भएको छ । प्रदेशका तीन वटा गाउँपालिकामा सहुलियत र अनुदान सहितको बिना धितो कर्जा कार्यक्रम लागु गरिएको हो । स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला ब्यवसायका साथै कृषि सम्बन्धी कार्यक्रममा सहयोग पु¥याउनको लागि बैंकले नयाँ योजना अगाडी सारेको हो । 

1

प्रदेशका तीन वटा गाउँपालिकामा यो कार्यक्रम लागु भएकोमा दुई वटा गाउँपालिकासँग सम्झौता भएको छ भने एक गाउँपालिकामा कार्यक्रम लागु भएपनि कोरोनाका कारण सम्झौता हुन बाँकी छ ।   डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग बैंकले सम्झौता गरेको छ । सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द तथा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच छुट्टा छुट्टै कार्यक्रममा एमओयूमा हस्ताक्षर भएको छ ।

1

कार्यक्रममा नबिल बैंकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीको उपस्थिति थियो । कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिति थिए । कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

1

गाउँपालिकाका अध्यक्षद्वय तेजबहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबीचको सम्झौता प्रशंसायोग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा राखेका थिए ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएमहरुको विशाल संरचना र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।