
कैलालीमा पक्राउ परेका विप्लवका सेती महाकाली जनसरकार प्रमुख असल शर्मा भन्ने गणेश ढकाललाई कोरोना पुष्टि भएको छ । उनलाई कोरोना पुष्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

ढकाललाई संक्रमण पुष्टि भएपछि ढकाललाई जिल्ला प्रहरी कार्यालयमै छुट्टै आइसोलेसनमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलिले आफ्नै घरमा लुकि बसेको सुचनाको आधारमा ढकाललाई पुस १ गते पक्राउ गरेको थियो ।
