राजनैतिक विचार नमिल्ने कम्युनिष्टहरुसँग चुनावी तालमेल हुन सक्दैन–काँग्रेस सभापति देउवा
 
deuwa

नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी दिनमा कुनैपनि निर्वाचनमा नेपाली कांग्रेसले विचार नमिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य वा चुनावी तालमेल नगरिने बताएका छन् । संसदको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिए वा निर्वाचनमा जानुपर्ने जुन सुकै अवस्था आएपनि नेपाली काग्रेंस सरकारमा जाने वा चुनावी तालमेलमा जाने अवस्था नहुने स्पष्ट पारे ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काग्रेंससँग सहकार्य गरौँ भन्ने प्रस्तावमा सभापति देउवाले सो जवाफ दिएका हुन् । 
कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समुहको नेकपा, जनता समाजवादी पार्टीका नेताहरुले राष्ट्रपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र विरोधका साझा कार्यक्रमका साथ सम्भव भए सदनबाट नत्र सडक संघर्ष मार्फत प्रतिरोधमा उत्रिने प्रस्ताव मात्रैमा सहकार्य हुन सक्ने तर्फ प्रस्ताव हो । सो बैठकमा कांग्रेस, नेकपाको दाहाल–माधव नेपाल समूह र जनता समाजवादीका नेताको उपस्थिति थियो ।

यसै सन्दर्भमा प्रचण्डको प्रस्तावका सन्दर्भमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि कांग्रेस नेताहरूसँग सामूहिक जिज्ञासा राखेका थिए ।  बैठकमा कांग्रेसका धेरै नेता सहभागी भए पनि सभापति देउवा र वरिष्ठ नेता पौडेलले मात्रै सो बैठकमा धारणा राखेका थिए । दुवैले मंगलबार पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाईएकाले त्यसपछि मात्रै पार्टीको आधिकारिक दृष्टिकोण दिन सकिने बताएका थिए ।

नेपाली कांग्रेसले बोलाएको बैठकमा जानुअघि दाहाल – नेपाल समूहले जनता समाजवादी पार्टीका नेताहरूसँग पनि अनौपचारिक छलफल गरेका थिए । स्रोतका अनुसार दाहाल– नेपाल समूहले कांग्रेससँग मागेको जस्तै धारणा जनता समाजवादीसँग पनि छलफल भएको थियो । नेपाली काग्रेंससँग भन्दा जनता समाजवादीसँग धेरै विषयमा धारणाहरु मिलेकोले  कांग्रेसले बोलाएको सोमबारको बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर सँगै शरतसिंह भण्डारी र जितेन्द्र सोनलसँग गम्भीर छलफल गरेका थिए ।  यसैवीच तीन दलबाट सामूहिक रूपमा रिट लैजान सके सर्वोच्च अदालतलाई प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सच्याउन दबाब बढ्ने तर्क समेत कतिपय नेताहरूको थियो ।