
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला लगाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् । यसअघि प्रचण्ड–नेपाल पक्षका नेता तथा कार्यकर्ताले नेकपाको पार्टी कार्यालय कैलालीमा पनि ताला लगाएका थिए ।
