
भूमि सुधार तथा मातपोत कार्यालय कैलालीमा रहेको एनआईसी एशिया बैंक शाखामा लगाइएको ताला खोलिएको छ । सेवाग्राहीले धेरै दिन सम्म लाईनमा बस्दा पनी सेवा नपाएपछी सोमवार दिउँसो तालाबन्दी गरेका थिए ।

तालाबन्दी गरिएको केहीबेर पछि प्रहरी टोलीले ताल्चा तोडेको हो । सेवाग्राहीले बिहान सात बजेबाट लाईनमा कुर्दा समेत सेवा नपाएका नपाएपछी आक्रोसित भएर ताला बन्दी गरेका थिए । सेवाग्राहीले तालाबन्दी गर्दा बैंकमा कार्यरत कर्मचारी भित्रै थुनिएका थिए ।
