
कैलालीको अत्तरियाबाट ४ जना किशोर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका २ मा रहेको ज्ञान ज्योती बिद्यालयमा कक्षा ८ मा अध्यनरत चार जना किशोर बेपत्ता भएका हुन ।

गोदावरी नगरपालिका १ बस्ने बर्ष १५ का दिपक साउँद, सोही ठाउँका दिपक बोहरा, प्रकास साउँद र वडा नम्बर २ तेघरी बस्ने पुष्कर भट्ट आईतबारदेखि बेपत्ता भएका हुन् ।
बिहान ९ बजेबाट घरबाट विद्यालय जान भनेर हिडेका उनीहरु विद्यालय नपुगी सम्पर्क विहिन भएका हुन् । ईलाका प्रहरी कार्यालय मालाखेतीले बेपत्ताको खोजी भईरहेको जनाएको छ ।
