
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । आइतबार बिहान राष्ट्रपति समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस स्वीकृत गरेको भन्दै धनगढीको पार्कमोडमा राष्ट्रपति विरुद्ध समेत नाराबाजी गरेको नेवि संघका नेता मनिष कुँवरले बताए ।
प्रतिनिधि सभा विघटनको विरोधमा सडक उत्र्रिएको नेवि संघले जनाएको छ । देशलाई अस्थीरतातिर थकेल्ने कदम विरुद्ध नेवि संघले अब कडा रुपमा आन्दोलन गर्ने नेवि संघ कैलालीका अध्यक्ष भेष बमले चेतावनी दिए ।
