महाकाली नदीमा बेपत्ता पुरुषको कंकाल भेटियो
 
death

महाकाली नदीमा गत मंसिर १४ गते बेपत्ता भएका पुरुषको कंकाल भेटिएको छ।  जिल्लाको भीमदत्त नगरपालिका वडा १२ औरीघाटका ४५ वर्षिय अजय सुनारको कंकाल भेटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार उनको शनिबार कंकाल भेटिएको हो । भीमदत्त नगरपालिकाको वडा नम्बर १३ काे महाकाली नदीमा उनको कंकाल भेटिएको प्रहरीले बताएको छ । उनले लगाएको लुगाका आधारमा छोराले शव पहिचान गरेका हुन ।

उनको शव आफन्तको जिम्मा लगाइएको छ । गत मंसिर १४ गते दोधाराबाट घर फर्किएका उनी महाकाली नदीमा बेपत्ता भएका थिए ।