
सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए ।

सभामुख थापा धनगढी स्थित आफ्नै निवासमा होमआइसोलेसनमा छन ।
