
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा शनिबार २ सय ७० नमूना परीक्षण गर्दा कैलालीका ३३ सहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ८ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ४ जना, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकाका १÷१ जनामा भाइरसको संक्रमण देखिएको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
