
पीडादायी वेदना सुन्नु नपरोस कसैको
छोरी जन्माउदा आँसु नझरोस कसैको ।

आमा नभए हामी जन्मिन्थ्यौ कसरी ?
भ्रुणजाँच गराउने रहर नरहोस कसैको ।
प्रकृतिको भेद कहि कतै देखिन्न
अन्ध विश्वासी घैटो नभरोस कसैको ।

दयामा होईन क्षमताको कदर होस
कसैले मान मर्दन नगरोस कसैको ।
रहरहरु समुन्द्र पारी नतरोस कसैको
पुरैउमेर बाच्ने रहर नमरोस कसैको ।
अन्धविश्वासले जीवन धरापमा नपरोस कसैको
छाउगोठमा छोरी चेली नमरोस कसैको ।