कैलाली बहुमुखी क्याम्पसले आइतबारदेखि कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पसले सूचना जारी गर्दै पुस ५ गते आइतबारदेखि कक्षा सञ्चालन गरिने जनाएको हो ।
सार्वजनिक सूचना अनुसार कक्षा १२ को पठनपाठन बिहान ११ बजेदेखि हुनेछ भने स्नातकोत्तर तर्फका कक्षा दिउँसो र बिहानको समयमा चल्ने भएका छन ।
कक्षा ११ को कक्षा पुस ८ देखि र स्नातक तह पहिलो वर्षका कक्षा पुस १२ देखि सञ्चालन हुने भनिएको छ । सबै कक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी सञ्चालन गरिने क्याम्पसले जनाएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48