
कञ्चनपुरका युवती मृत अवस्थामा फेला परेकी छन । पुनर्वास नगरपालिका–१ को पुरैनामा २६ वर्षीया साउँनी चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा फेला परेको बताए ।
मृतकको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
