 
कञ्चनपुरमा भइरहेकाे प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्तरगत बैतडी फाइनलमा प्रवेश गरेको छ। बैतडीले कैलालीलाई ८ रनले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको हो। बैतडीले अब शुक्रबार उपाधिका लागि अछामसँग प्रतिस्प्रर्धा गर्नेछ।
 
 यस्तै आजै भएको अर्को खेलमा बझाङले दार्चुलालाई ४ विकेट हराएको छ। यी दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका स्कोरर निरञ्जन बोहराले जानकारी दिए। गत मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए।
 प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही पुस ११ गतेबाट हुदैंछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ।  प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
