
कञ्चनपुरकी २६ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।

शुक्लाफाँटा १० कञ्चनपुरकी ती महिलाको कोहलपुर मेडिकल कलेजमा राति सवा १ बजे मृत्यु भएको हो।
उनलाई मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
