
कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन ।

नवजात शिशुका दुवै हात छैनन । पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए । “शिशुका दुवै हात छैनन”, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।”
