बरालिएको सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आएको हो—गगन थापा
 
Gagan thapa

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको बताएका छन् ।

काँग्रेसद्धारा धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आएको बताए ।

उनले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली काँग्रेस घर फिर्ता नहुने अडान सुनाए ।

सरकार शक्तिशाली छ ।तर जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन हावादारी गफमा समय बिताईरहेको छ, उनले भने, सरकार हावादारी सरकार मुर्दाबाद । युवा नेता थापाले सरकार अकमण्र्य र गैर जिम्मेवार भएको बताए ।
उनले भ्रष्टाचार गर्दैन भन्ने सरकारले वाईड बडी पुरै खाएको बताए ।