
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको बिहीबार राती मृत्यु भएको हो।
