
कैलालीमा ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएका छन् । जिल्लाको चुरे गाउँपालिका- ६ डुम्रेनीमा मङ्गलवार बिहान ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ । डडेल्धुराको जोगबुढाबाट धनगढीतर्फ आइरहेको से ७ ख १२९ नम्बरको ट्रक पल्टिँदा डडेलधुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी घाइते भएका छ ।

घाइते करन कामीकोे टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य तिन जना भने सामान्य घाइते भएका छन् । घाइतेहरुलाई अहिले अत्तरिया स्थित पदमा अस्पतालमा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।
