
स्वास्थ्यमा समस्या थपिदै गएपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् । कोभिड पुष्टि भएपछि धनगढीमै उपचार गराएका पन्तमा स्वास्थ्यमा समस्या थपिदै गएपछि उनी काठमाडौं स्थित हेम्स अस्पताल भर्ना भएका हुन् ।

मंसिर १२ गतेदेखि रुखाखोकी र ज्वरो आउने समस्या भएपछि उनी धनगढीमै उपचार गराएका थिए । समस्या जटिल बन्दै गएपछि उनी १७ गते कोभिड जाँच गराउँदा १८ गते उनमा कोभिड पोजिटिभ देखिएको पन्त बताउँछन् । उपचारको क्रममा अस्पतालले अक्सिजन दिने काम गरिरहेको र अवस्था सुधार हुँदै गएको पन्तले जानकारी दिए ।
