
कोरोना संक्रमणबाट कैलालीका ३५ वर्षीय पुरुषको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का उनीमा १५ गते नै कोरोना पुष्टि भएको थियो ।
त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजको कोरोना आइसोलेशन युनिटमा राखेर उपचार गरिएको थियो । ती पुरुषको आइतबार बिहान सवा चार बजे मृत्यु भएको हो ।
