
हिंसा विरुद्ध जागे, सबै लागे राम्रो
केही न केही जिम्मेवारी छ तपाई हाम्रो

जीवनमा आशा गर्नुपर्छ जित्न सकिन्छ
आशा बोकी लागि पर्नुपर्छ जित्न सकिन्छ ।
कि त जित्छ आटले कि त ढाँटले भन्छन
हिम्मतले अडचन हार्नुपर्छ जित्न सकिन्छ ।

निरन्तर लाग्नुपर्छ निराशाले लडाई जित्दैन
दाईत्वलिन अघि सर्नुपर्छ जित्न सकिन्छ ।
सहयोगीको पहिचान गरि हातेमालो गरेर
संकटको सागर तर्नुपर्छ जित्न सकिन्छ ।
प्रश्न गर्न सक्नुपर्छ अधिकार नबोलेर पाईदैन
स्वाभिमानको सन्देश छर्नुपर्छ जित्न सकिन्छ ।