
कैलालीको गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान ७ :५० बजे उनको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जनाकारी दिए ।

मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशीक अस्पतालको अस्थाई कोरोना अस्पतालमा भर्ना भएका उनको स्वासप्रस्वासमा समस्या आएपछी मृत्यु भएको हो । उनलाई स्वासप्रस्वास र मधुमेह(डाइबिटीज)को समस्या रहेको अस्पतालले जनाएको छ ।
