
हेपिएकाहरुको मानव साङ्लो नजोडेसम्म हुन्न
अधिकार पाउन कुसंस्कारहरु नछोडेसम्म हुन्न ।

शासन सत्ता लैङ्गिक मैत्री बनाउनलाई
जी हजुरीका परम्परा नतोडेसम्म हुन्न ।
समाजमा सबै सुखी, खुशी हुनलाई
अन्यायका घैटाहरु सबै नफोडेसम्म हुन्न ।

पीडा लुकाई बस्नु हुुन्न प्रश्न गर्न सक्नुपर्छ
परम्परागत बाटो अब नमोडेसम्म हुन्न ।