
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार ७ सय भन्द बढी रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशभरी एक हजार सात सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितको संख्या कैलालीमा सबैभन्दा वढी रहेको छ । कैलालीमा सक्रिय संक्रमितको संख्या ५ सय ६३ रहेको छ । अछामा ८४ जना, वैतडीमा ७८ जना, बझाङमा २५७ जना, बाजुरामा २३ जना सक्रिय संक्रमित रहेका छन् ।
डडेल्धुरामा १६१ जना, दार्चुलामा २४६ जना, डोटीमा १५३ कञ्चनपुरमा ११८ जना र अन्य जिल्लाका २६ जना सक्रिय संक्रमित रहेका छन् ।
