कञ्चनपुरमा नोट बनाउने कारखानाः जहाँ एक दम्पतिले छापिरहेका थिए नक्कली नेपाली नोटहरु
 
nakkali note

प्रहरीले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेर नक्कली नोट बनाउन प्रयोग हुने उपकरण सहित एक दम्पतिलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्ली स्थित रामवहादुर धामीको घरमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोट सहित पक्राउ गरेको हो ।

महेन्द्रनगर बजारको गल्ली नम्बर ३ मा सिलाई कटाईको काम गर्ने शर्मा र उनकी श्रीमति बमलाई लाई जानकी टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका शर्मा सुवाशनगर बरेली भारत घर भएका हुन् । उनकी श्रीमति रितिका नेपाली हुन् । पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा छापा मार्दा १ हजार दरका २ वटा नक्कली नोट सहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।