प्रदेश सभा सदस्यहरुका स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट व्यापक दुरुपयोग 
कैलालीका १३ वटै स्थानीय तहको निष्कर्ष
 
bhratsachar

प्रदेश सभा सदस्यहरुका स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट व्यापक दुरुपयोग हुने गरेको कैलालीका स्थानीय तहहरुले निष्कर्ष निकालेका छन् । कैलारी गाउँपालिकाको कोईलहीमा सम्पन्न भएको कैलालीका १३ वटा स्थानीय तहहरुका प्रमुखहरुको बैठकले यस्तो निष्कर्ष निकालेका हुन् । प्रदेश सभा सदस्यहरुको पुर्वाधार कार्यक्रमहरुको बजेट अधिकतम रुपमा सदुपयोग हुने गरेकोले र त्यसका लागि के–के गर्न आवश्यक छ भन्ने विषयमा गम्भीर रुपमा छलफल भएको बैठकका प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यवहादुर थापाले जानकारी दिए ।  

बैठकमा विभिन्न एजेण्डामाथि छलफल तथा निर्णय गरिएको संयोजक थापाले बताए । उनका अनुसार ढुङ्गा, गिट्टी, बालुवा संकलन, छाडा पशु चौपाया व्यवस्थापन, लागुऔषध दुव्र्यसनको रोकथामका बारेमा बैठकमा छलफल गरिएको थियो । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले हालसम्म जनतालाई दिदैं आएका सेवाहरु यथावत राख्ने निर्णय गरिएको उनले बताए । यस्तै क्वारेन्टिन व्यवस्थापनका सवालमा पनि बैठकमा छलफल गरिएको थियो । 

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको समन्वय बैठकमा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा प्रमुख अतिथि रहेका थिए । कोईलहीमा भएको बैठकको सञ्चालन कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी यगम कलेलले गरेका थिए । जिल्ला समन्वय समितिको संयोजनमा विभिन्न समयमा विभिन्न स्थानीय तहमा आलोपालो गरी समन्वय बैठक हुँदै आएको छ ।