सुदूरपश्चिमका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
 
corona

सुदूरपश्चिमका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार १६७ जनाको परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिकाका ७ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठलेजानकारी दिए ।कैलालीकै मोहन्याल गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, टीकापुर नगरपालिका र कैलालीकै ठेगाना नखुलेका १/१ जनामा कोराना पुष्टि भएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका ४/४ जना, बेलौरी नगरपालिकाका ३ जना, पुनर्वास नगरपालिकाका १ जना, बझाङका २ जना, त्यस्तै दार्चुला र अछामका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।