
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारावाही प्रक्रिया थालेको छ । आयोजना सम्पन्न गर्नुपर्ने मिति नाघेको वर्षौ बितिसक्दा समेत काम पुरा नभएका आयोजनाहरुलाई स्पष्टीकरण मागेको हो ।

प्रशासन कार्यालयले स्थानीय तह बाहेक अन्य कार्यालयबाट संचालित १५ वटा आयोजनासँग स्पष्टीकरण मागेको छ । अधिकांश आयोजनाहरुले कोभिड १९ तथा अन्य प्राविधिक कारणले आयोजना सम्पन्न गर्न ढिलाई भएको जवाफ दिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।
उनले जवाफ चित्त बुझ्दो नभएपछि प्राविधिक कारण खुलाउन आयोजनाहरुलाई पुनः पत्राचार गरिएको बताए ।
