
सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्। कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले कुँवर कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएको बताए। उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन्।
