
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा मोटरसाईकल दुर्घटना भएको छ । वडा नम्बर ३ को बोराडाँडी स्थित फाप्ला क्रिेकेट मैदान जाने बाटोमा मोटरसाईकल दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकल चालक घाईते भएका छन् । उनको चकटपुर स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
