
भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले अबदेखि बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै जिल्लाका स्थानीय तह अनुसार सेवाग्राहीलाई छुट्टाछुट्टै बार सेवा प्रदान गर्ने जनाएको छ ।

आइतबार र सोमबार धनगढी उपमहानगरपालिकाका १९ वटै वडा, चुरे र मोहन्याल गाउँपालिकाका सेवाग्राहीलाई मात्र लिखत रजिष्ट्रेशन, मुद्दा फाँट, धितो, रोक्का फुकुवा सम्बन्धि सेवा दिने जारी सूचनामा उल्लेख छ ।
मंगलबार र बुधबार गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका सेवाग्राही तथा बिहीबार र शुक्रबार घोडाघोडी नगरपालिका, बर्दगोरिया र कैलारी गाउँपालिकालाई मात्र सेवा दिइनेछ ।

सम्बन्धित स्थानीय तहका सेवाग्राहीलाई तोकिएका बार बाहेक सेवा प्रदान नगरिने मालपोत कार्यालयले जनाएको छ ।