
कंचनपुर महेन्द्रनगरमा मृत भेटिएका युवकको प्रहरीले हत्या भएको आशंका गरेको छ। महेन्द्रनगर बजारमा अवस्थित भानु पार्टी प्यालेस नजिकै भेटिएका मृत युवकको घाँटीमा टेलिफोनको तारको पासोले बेरिएको छ ।

कंचनपुर प्रहरीले ती युवकको हत्या आशंकामा थप अनुसन्धान गर्न कैलाली धनगढीबाट तालिम प्राप्त कुकुर ल्याई परिचालन समेत गर्ने भएको छ । शरिरमा बाहिरी चोटपटक केही छैन तर घाटीमा टेलिफोन तार को पासो लागेको छ । डिसपी थापाले भने- यसकारण युवकको हत्या आशंकामा अनुसन्धान अगाडी बढाइएको हो ।
अनुसन्धानमा सहजताका लागि धनगढीबाट तालिमप्राप्त कुकुर ल्याई परिचालन गरिने छ । शुक्रबार बिहान भानु पार्टी प्यालेस नजिकै युवक मृत भेटिएका हुन । मृतकको पहिचान नखुल्दा सनाखत हुन सकेको छैन ।
