सरकारले आउँदो आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत शिक्षामा सबैको पहुँचको लागि यो बजेट छुट्याइएको अर्थमन्त्री डाक्टर युवराज खडिवडाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान घोषणा गरेर आउँदो आर्थिक वर्षमा नेपाललाई साक्षर घोषणा गर्ने सरकारले घोषणा गरेको छ । सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई दिने गरिएको दिवा खाजाको व्यवस्था सबै जिल्लामा विस्तार गरिने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । यसबाट २८ लाख बालबालिकाका लाभान्वित हुनेछन् ।
2024/05/19, 1:43
2024/05/19, 1:40
2024/05/19, 1:38
2024/05/19, 1:26
2024/05/19, 1:21
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/30, 4:46
2020/11/08, 9:39
2021/07/16, 11:32
2022/03/29, 2:46